दाबी भुक्तानीलाई प्राथमिकता दिंदै सलिको


Capital Headline
प्रकाशित मिति : बिहिबार, पौस १२ २०८०
1.9K
SHARES

१२ पुस काठमाडौं । निर्जीवन बीमक सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले चालू आर्थिक वर्षको ५ महिनाको अवधिमा बीमा दाबीवापत कूल १ अर्ब ५ करोड ७१ लाख रुपैयाँ क्षतिपूर्ती दिएको छ। कम्पनीका अनुसार चालू आर्थिक वर्ष २०८०।८१ को म‌ंसिर मसान्त सम्ममा १ हजार ७३३ वटा बीमा दाबीको निवेदन अन्तर्गत यो रकम क्षतिपूर्ती उपलब्ध गराइएको हो ।

म‌ंसिर महिनामा मात्र सलिको बीमितलाई १ करोड ७१ लाख रूपैयाँ क्षतिपूर्ती उपलब्ध गराएको छ। सलिकोका अनुसार गत महिना १ हजार ९३ वटा बीमा दाबी अन्तर्गत बीमितलाई यो रकम क्षतिपूर्ती दाबी भुक्तानी गरिएको हो । कम्पनीका अनुसार गत कात्तिक मसान्तसम्ममा ५ हजार ६२२ वटा बीमा दाबी निवेदनमार्फत् १ अर्ब १५ करोड रुपैयाँ क्षतिपूर्तीका लागि निवेदन प्राप्त भएको थियो । म‌ंसिर महिनामा मात्र कूल ४ करोड ९ लाख बराबरको १ हजार ४१३ वटा थप नयाँ बीमा दाबी निवेदन दर्ता गरेको छ। कात्तिक महिनामा मात्र सलिकोले ७८४ वटा बीमा दाबी अन्तर्गत ११ करोड ६३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो।