घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


Capital Headline
प्रकाशित मिति : बिहिबार, पौस १९ २०८०
2.2K
SHARES

१९ पुस काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख २० हजार ८ रुपैयाँमा कारोबार भएकोमा आज एक हजार तीन सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १९ हजार ५ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ९५० रुपैयाँ रहेको छ ।  त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ४ सय ५० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ४ सय २० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।