माछापुच्छ्रे बैंकले गर्यो अन्नपूर्ण आधार शिविरमा वित्तीय साक्षरता कार्यक्रम
१९ पुस काठमाडौं । माछापुच्छ्रे बैंकले पर्यटकहरूको आकर्षक गन्तव्य अन्नपूर्ण आधार शिविरमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । स्थानीय सेन्चुरी युवा क्लबसँगको सहकार्यमा बैंकले आधार शिविरमा रहेका व्यवसायी तथा स्थानीय व्यापारी तथा पर्यटकलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको हो ।
उक्त कार्यक्रममा वित्तीय ज्ञान र डिजिटल सेवाका फाइदा तथा जोखिम साथै जोखिम न्यूनीकरणका उपायहरूको बारेमा जानकारी प्रदान गरिएको थियो । सो विषयमा उपस्थित होटेल व्यवसायी तथा स्थानीयहरू बीच अन्तर्क्रिया कार्यक्रम समेत सञ्चालन गरिएको छ । नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज मानिने क्युआर, पिएसओ, एनएफसी सेवाको महत्वबारे अवगत गराइएको थियो । अन्नपूर्ण आधार शिविर क्षेत्रमा ५० भन्दा बढी होटेल तथा रेष्टुरेन्टहरु सञ्चालनमा रहेका छन् ।