सिटिजन्स बैंकको चेक अनादर सम्बन्धि सन्देश मुलक भिडियो सार्बजनिक
२३ पुस काठमाडौँ । पछिल्लो समय चेकबाट कारोबार गर्ने मानिसहरुको संख्या बढ्दै गैराखेको छ । व्यक्तिगत वा व्यसायिक रुपमा लेनदेनको लागि चेकबाट नै गर्ने प्रचलन नै बनेको छ । समाजमा सबै राम्रा र सज्जन मानिसहरु नै हुन्छन् भन्ने हुदैन त्यसैले गतल र नराम्रो गर्नेहरुको लागि प्रमाणको रुपमा आवश्यक पर्ने र मुद्दा मामिलाबाट भएपनि आफ्नो रकम फिर्ता गराउनको लागि निकै राम्रो सन्देश मुलक भिडियो सिटिजन्स बैंक इन्टरनेसनलले सार्वजनिक गरेको छ ।
कतिपय मानिसहरुलाई चेक दिए पछि रकम नै दिन नपर्ने जस्तो गरेको पाउन सकिन्छ । त्यसैले गर्दा बैंकले आफ्ना ग्राहकलाई मध्यनजर गर्दै आफ्नो खातामा रकम भएपछि मात्र चेक दिनको लागि आग्रह गरेको छ । यदि कसैले रकम नपुग्ने चेक दिएमा ३/३ दिनको फरकमा जम्मा गरेमा चेक दिने व्यक्तिलाई चेक अनादरको मुद्दा लाग्ने र बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत बिगो तथा जरिवाना गराउने र ३ महिमा सम्मको जेल सजाय हुने समेत कुरा भिडियो मार्फत आफ्ना समस्त ग्राहकलाई जानकारी गराउदै आपुग रकम भएको चेक लेनदेन नगर्न अघ्रह समेत गरेको छ ।
हाल आएर बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा दर्ता भएको छ । बैङ्किङ तथा वित्तीय प्रणालीको कारोबारमा हुन सक्ने चेक अनादरजस्ता कसुरजन्य कार्यको अनुसन्धान, अभियोजन र कारबाहीलाई व्यवस्थित तथा प्रभावकारी बनाउन यो विधेयक ल्याइएको जनाइएको छ । चेक अनादरसम्बन्धी मुद्दामा फरक-फरक खालको कानुनी उपचारको अवस्था देखिएकाले यसलाई एकरुप बनाउनुपर्ने व्यहोराको सर्वोच्च अदालतको आदेश र महान्यायाधिवक्ताको कार्यालयको अध्ययनबाट समेत बैङ्किङ कसुर तथा सजाय ऐनलाई संशोधन गर्नुपर्ने सुझावका आधारमा सरकारले यो विधेयक तयार पारेको हो । गत साउन २३ गतेको मन्त्रिपरिषद् बैठकले यो विधेयकको मस्यौदा स्वीकृत गरेको थियो ।
कुनै व्यक्तिले आफ्नो खातामा रकम मौज्दात नभई चेक जारी गर्न नहुने व्यवस्था विधेयकमा राखिएको छ । “कसैले पनि आफ्नो बैंक खातामा रकम मौज्दात नभएको वा मौज्दात भए पनि भुक्तानीका लागि पर्याप्त छैन भन्ने जानाजान कसैलाई चेक जारी गरी दिन वा बैंकसँग त्यस्तो चेकको भुक्तानी माग गर्नु हुँदैन”, विधेयकमा भनिएको छ ।
चेक अनादरसम्बन्धी बैङ्किङ कसुरको जरिवानामा पनि संशोधन गर्न लागिएको छ । विधेयकले चेक अनादर भएको प्रमाणित भएमा चेक जारी गरिदिने खातावालाबाट धारकलाई बिगो बमोजिमको रकम भराई चेक जारी गरिदिने खातावालालाई बिगोको पाँच प्रतिशत जरिवाना गर्ने र चेक काटिएको रकमका आधारमा कैद सजाय तोक्नेगरी मस्यौदा तयार पारिएको छ ।
विधेयकमा रू पाँच लाखसम्म बिगो भए एक महिनासम्म कैद, रू पाँच देखि १० लाखसम्म बिगो भए तीन महिनासम्म कैद, रू १० लाखदेखि ५० लाखसम्म बिगो भए छ महिनासम्म कैद र रू ५० लाखभन्दा बढी जतिसुकै बिगो भएमा दुई वर्षसम्म कैद हुने व्यवस्था गरिएको छ । त्यस्तै, चेक अनादर गरेको प्रमाणित भएको मितिले तीन महिनाभित्र सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गर्न सकिने व्यवस्था ल्याउन लागिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ५० हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
भिडियो