आज माघे संक्रान्ति पर्व, देशभर सार्वजनिक विदा


Capital Headline
प्रकाशित मिति : सोमबार, माघ १ २०८०
2.7K
SHARES

१ माघ काठमाडौं । आज देशभर माघे संक्रान्ति पर्व मनाइदैछ । ठाउँअनुसार यसका नाम र मनाउने तरिका पनि फरक छन् । तराईमा थारुहरूले नयाँ वर्षकारुपमा माघी पर्व मनाउँदैछन् भने मगर समुदायले पनि माघे संक्रान्तिलाई नयाँ वर्षकारुपमा मनाउने गरेका छन् । सूर्य धनु राशिबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ ।

कतिपय ठाउँमा यसलाई नहान अर्थात् मकर नुहाउने पर्वकारुपमा मनाइन्छ भने नुवाकोटको तारुकामा भने गोरु जुधाएर रमाइलो गर्ने अनौठो चलन छ । नुवाकोटमा यसवर्ष पनि गोरु जुधाइँको हुँदैछ ।