१ सय रुपैयाँमै कामना सेवा विकास बैंकको ५ लाख कित्ता सेयर बिक्रीमा


Capital Headline
प्रकाशित मिति : बुधबार, माघ १७ २०८०
1.8K
SHARES

१७ माघ काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक समूहको सेयर बिक्री गर्ने भएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको ५ लाख बढी कित्ता सेयर आज माघ १७ गतेदेखि बिक्रीमा राखेको हो ।

बैंकका विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको ५ लाख ९ हजार ८९२ कित्ता सेयर बिक्रीमा राखिएको हो । उक्त सेयरको मूल्य न्यूनमत १ सय रुपैयाँ तोकेको छ । इच्छुक लगानीकर्ताहरूसो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

इच्छुक लगानीकर्ताले माघ २३ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । सो सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।लगानीकर्ताले न्यूनतम २ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्।