बजेट निर्माण प्रक्रिया सुरु


Capital Headline
प्रकाशित मिति : बिहिबार, माघ १८ २०८०
2.5K
SHARES

१८ माघ काठमाडौ । सरकारले माघको तेस्रो सातादेखि नै आगामी आर्थिक वर्ष (२०८१/०८२) को बजेट निर्माण प्रक्रिया अघि बढाएको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया सुरु गर्दै स्रोत व्यवस्थापन समितिको बैठक आयोजना गरेको हो ।सरकारले आगामी आर्थिक वर्षदेखि फरक ढङ्गको बजेट निर्माण गर्ने लक्ष्यसहित ‘बजेट क्यालेन्डर’ नै फेरेको छ । अध्यादेशमार्फत आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६’ लाई सरकारले संशोधन गरिसकेको छ ।

बजेट निर्माण प्रक्रिया माघदेखि नै थाल्ने र फागुन मसान्तभित्र संसदमा प्राथमिकता र सिद्धान्तमाथि छलफल सुरु गर्ने योजनामा सरकार छ । यसका लागि अध्यादेशमार्फत ऐन संशोधन गरेर समग्र बजेट निर्माण प्रक्रिया अघि बढाइएको छ । जेठ १५ गतेमात्रै संसदमा बजेटको प्राथमिकता र सिद्धान्तमाथि छलफल थाल्नु प्रभावकारी हुन सकेको थिएन । यो प्रक्रियामार्फत संसदमा देखावटी र प्रक्रिया पूरा गर्नका लागि मात्रै बजेट प्रस्तुत हुन्थ्यो । अहिलेसम्मको बजेटमा सांसदहरुले दिएको सुझाव समेत समेटिएको छैन ।