मौद्रिक नीति दोस्रो त्रैमासिक समीक्षाको तयारीमा राष्ट्र बैंक
२२ माघ काठमाडौं । नेपाल राष्ट्र बैंक मौद्रिक नीति दोस्रो त्रैमासिक समीक्षाको तयारीमा रहेको छ । अबको एक हप्ताभित्र दोस्रो समीक्षा सार्वजनिक गर्ने राष्ट्र बैंकले तयारी गरेको छ । विद्यमान नीतिको प्रभाव र अबको आवश्यकताबारे अध्ययन तथा छलफल भइरहेको राष्ट्र बैंकले जनाएको छ।
मौद्रिक नीतिको पहिलो समिक्षा मार्फत केहि सहजता ल्याउने प्रयास गरेपनि अपेक्षा गरेअनुसारको आर्थिक गतिविधि हुन सकेको छैन। चालू आर्थिक वर्षमा कर्जाको ग्रोथ ११–१२ प्रतिशतको सिमामा राख्ने प्रयास भएपनि दोस्रो त्रैमास सकिदासम्म पनि ६ प्रतिशतले पनि कर्जा वृद्धि भएको छैन।
कर्जा वृद्धि तथा आर्थिक वृद्धिको दर हेर्दा पनि अर्थतन्त्र चलायमान नभएको देखिएको छ। यो अवस्था आउनुमा मौद्रिक नीति मात्र कारण हो वा अरु पनि केहि कारण छन् भन्नेबारे अध्ययन भइ रहेको राष्ट्र बैंकले जनाएको छ ।