सिद्धार्थ बैंकका संस्थापक गोयल र चुके आफ्नो स्वामित्वको सेयर बेच्दै
२२ माघ काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीहरूको साढे २ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकका अनुसार संस्थापक सेयरधनी निखिल गोयलको नाममा रहेको १ लाख ९७ हजार ४३९ कित्ता र पवित्र लाल चुकेको ४३ हजार १८६ कित्ता सेयर गरी कूल २ लाख ४० हजार ६२५ कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको सो सेयरको मूल्य तोकिएको छैन ।
बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनु पर्ने छ । यदि उक्त समयमा आहवेदन नपरेमा सर्वसाधारणस लगानीकर्ताका लागि बिक्रीमा राखिने बैंकले जनाएको छ ।