तीन दिन सार्वजनिक बिदा


Capital Headline
प्रकाशित मिति : सोमबार, माघ २२ २०८०
2.9K
SHARES

२२ माघ काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँपालिकाले ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।ल्होछार धुमधाम र हर्षोल्लासका साथ मनाउन पालिकाले बिदा दिएको जनाएको छ ।

विशेषगरी तामाङहरुको बाक्लो समुदाय रहेको उक्त गाउँपालिकामा सो अवसरमा आगामी शुक्रबारदेखि आइतबारसम्म सार्वजनिक बिदा दिन लागिएको हो । बिदामा पालिका मातहतका सबै वडा कार्यालय, शैक्षिक संस्थालगायत बन्द हुने छन् ।