भोलि सार्वजनिक बिदा नदिएको सरकारको प्रष्टीकरण


Capital Headline
प्रकाशित मिति : सोमबार, माघ २९ २०८०
2K
SHARES

२९ माघ काठमाडौं । सरकारले फागुन १ गते सार्वजनिक बिदा नदिएको प्रष्टीकरण दिएको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै फागुन १ गते जनयुद्ध दिवसको सार्वजनिक बिदा नदिएको प्रष्टीकरण दिएको छ । यसअघि सरकारले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । बिदा खारेजीकाे माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएकाे थियाे । सर्वोच्च अदालतले उक्त बिदा नदिने फैसला गरेको थियो ।

‘अदालतको फैसलाको आधारमा मन्त्रिपरिषद्को मिति २०८०र१०र२५ को बैठकको निर्णयानुसार नेपाल राजपत्र ९खण्ड ७२, संख्या ६५, भाग ५ मिति २०७९ र १२ र २ मा प्रकाशित संवत् २०८० फागुन १ गते मङ्गलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्वद्ध सबैको जानकारीका लागि अनुरोध छ । ’ प्रवक्ता नारायण प्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।केही स्थानीय तहले भने आफनो पालिकाभित्र जनयुद्ध दिवसको सार्वजनिक बिदा दिएको छ । गत वर्ष भने सरकारले सार्वजनिक बिदा दिएको थियो ।