कुमारी बैंकको अध्यक्षमा पुन: अमिर प्रताप राणा नियुक्त


Capital Headline
प्रकाशित मिति : मंगलबार, फाल्गुन १ २०८०
2.5K
SHARES

१ फागुन काठमाडौं । कुमारी बैंकको अध्यक्षमा पुन: अमिर प्रताप राणा नियुक्त भएका छन् । फागुन १ गते बसेको बैंक सञ्चालक समितिको बैठकले राणालाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६५ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत ग्राहकहरुलाई विगत २२ वर्षदेखि निरन्तर रुपमा बैंकिङ सेवा दिदै आइरहेको छ ।