आईएमएस ग्रुप र सबकोफोनबिच मोबाइल एक्सचेन्जका लागि साझेदारी
२ फागुन काठमाडौं । नेपालमा Samsung फोनको राष्ट्रिय वितरक “आईएमएस” र नेपाली बजारमा स्थानीय रूपमा नवीकरण
(Refurbished) गरिएका मोबाइल फोनहरू तयार गर्ने अग्रणी कम्पनी “SabKo Phone ले” “IMS
SabKo Phone Exchange” को सुरुवातका लागि साझेदारीको घोषणा गरेका छन्। विभिन्न ब्रान्डका
मोवाइल प्रयोगकर्ताहरुलाई आफुले प्रयोग गरेको फोन साटि Samsung स्मार्टफोनमा अपग्रेड गर्न सजिलो
विकल्प प्रदान गर्ने उद्देश्यले यो मोबाइल एक्सचेन्ज सुविधा सुरु गरिएको छ ।
यो एक्सचेन्ज सुविधा अन्तर्गत ग्राहकले आफुले प्रयोग गरेका जुनसुकै ब्राण्डका मोबाइललाई नयाँ Samsung
स्मार्टफोन संग साट्न सक्नेछन्। आाइएमएस सबको फोन एक्सचेन्ज सुविधा अन्तर्गत प्रदान गरिने वेबमा आधारित
प्रणालीको प्रयोग गरि ग्राहकहरूले आफुले प्रयोग गरिकोफोनको विवरण भरि, मात्र १ मिनेटमा फोनको मूल्य प्राप्त
गरि नयाँ Samsung स्मार्टफोनमा सजिलै अपग्रेड गर्न सक्नेछन्। यस्तो एक्सचेन्ज सुविधा प्राप्त गर्नको लागि
ग्राहकले आफुलेप्रयोग गरेको मोबाइलको भ्याट बिल र परिचय खुल्नेसरकारी परिचयपत्र अनिवार्य उपलब्ध गराई
स्वघोषणा फारम भर्नुपर्नेछ । प्रथम चरणको लागि यो सुविधा हाल Samsung को आधिकारिक IMS स्मार्ट
आउटलेटहरू र काठमाडौंमा रहेका अधिकृत बिक्रेतामा मात्र उपलब्ध गराइएको छ ।
सबको फोनका संस्थापक उत्तम काफ्लेले यस सहकार्यप्रति उत्साह व्यक्त गर्दै, आइएमएस र सबको फोन बीचको
यस साझेदारीलेमोवाइल प्रयोगकर्ताहरुलाई मोवाइल एक्सचेन्ज सहज र छिटोबनाउदै उचित मूल्य प्रदान गर्ने
लक्ष्य राखेको बताए । ’एक पटक प्रयोग गरिएका फोनहरूलाई upcycle गरि पुनः प्रयोग गर्न सके विद्युतीय
फोहोरको -e-waste) समस्याहरूलाई समेत सम्बोधन गर्न सकिन्छ । हामीले सुरु गरेको यस प्रयासले नेपालमा
वातावरण र पुनः प्रयोगप्रति जिम्मेवार र सामाजिक उत्तरदायी उद्यमशीलताको प्रतिनिधित्व गर्नेछ,’ उनले बताए ।
आईएमएस ग्रुपका अध्यक्ष एवम्प्रमुख कार्यकारी अधिकृत दिकेश मलहोत्रालेसबको फोनसँगकोसहकार्यले
नेपालमा मोबाइल एक्सचेन्जलाई सहज बनाउनेछ भन्नेमा विश्वस्त रहेको बताए । यो सुविधाकोकार्यान्वयन
पहिलो चरणमा काठमाडौंका आउटलेटहरूमा केन्द्रित हुनेर विस्तारैएक्सचेन्ज सुविधा नेपालभर उपलब्ध गराउने
योजना रहेको बताए ।
सबको फोनको प्रविधिसँग आइएमएसको विशेषज्ञतालाई संयोजन गरेर, आफ्ना ग्राहकहरूलाई प्रयोगमा
आइसकेका फोनहरूकोउचित मुल्य प्रदान गरि Samsung स्मार्टफोनमा अपग्रेड गर्न सजिलो र सुविधाजनक
बनाउने आइएमएसको योजना रहेको छ ।