जडीबुटीमा भीषण आगलागी


Capital Headline
प्रकाशित मिति : शुक्रबार, फाल्गुन ४ २०८०
4.2K
SHARES

४ फागुन काठमाडौँ । काठमाडौँका जडीबुटीमा भीषण आगलागी भएको छ । शुक्रबार साँझ स्थानीय छाप्रो भन्ने स्थानमा रहेको फर्निचर कारखानामा आगलागी भएको हो ।

मुख्य सडक नजिकै पर्ने स्थानमा लागेको आगो निभाउन यतिबेला नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै उपत्यकाका चार वडा दमकल प्रयोग गरिएको छ । यद्यपि आगलागी जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । आगो के कारणले लाग्न पुग्यो भन्ने खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।