बैंक डुब्दैनन्, ढुक्कसँग कारोबार गर्नुस्ः राष्ट्र बैंक


Capital Headline
प्रकाशित मिति : मंगलबार, फाल्गुन ८ २०८०
1.9K
SHARES

८ फागुन काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेलले अफवाहका पछि नलागि ढुक्कसँग कारोबार गर्न आग्रह गरेका छन् ।महिला आर्थिक पत्रकार संघ फेजाले आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले भने, ‘राष्ट्र बैंकले इजजात प्रदान गरेका संस्थाहरु आफैमा सुरक्षित छन् त्यसमा कारोबार गर्दा सर्वसाधारणले ढुक्क भए हुन्छ । वित्तीय अवस्था जनाउ दिने सूचकहरु हामीसँग प्रसस्त छन् । हामीले त्यस्ता सूचकहरुमा विशेष निगारानी राखिरहेका हुन्छौँ । यदि कुनै संस्था समस्याग्रस्तको अवस्था आएमा राष्ट्र बैंकले आफैँ व्यवस्थापन टेकओभर गरेर सञ्चालन गर्न सक्छ । त्यो अधिकार राष्ट्र बैंकसँग छ । राष्ट्र बैंक केही नबोलेको अवस्थामा निक्षेपकर्ता डुब्ने भन्ने कुरा नै आउँदैन ।’

उनेल बैंकको वित्तीय स्थिति जनाउ दिन तथा सञ्चालनको अवस्था बुझाउन राष्ट्र बैंकसँग छुट्टै गाइडलाइन र इन्डिकेटरहरु रहेकाे बताए । उनले भने, ‘जस्तो पुँजीकोष अनुपात २ प्रतिशतभन्दा कम भयो वा ४ प्रतिशतभन्दा कम भयो भने कस्तो कारबाही गर्ने भन्ने व्यवस्था राष्ट्र बैंकको गाइडलाईनमै उल्लेख छ । बैंकलाई थाह हुन्छ गाइडलाईन तलमाथि गएमा स्वतः कस्तो कारबाहीको भागिदार बन्नु पर्छ भन्ने । तसर्थ राष्ट्रबैंक बोलिरहनुपर्दैन ।’