आँबुखैरेनी गाउँपालिका जिल्लामै दोस्रो


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन १० २०८०
2.4K
SHARES

१० फागुन आँबुखैरेनी । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा तनहुँको आँबुखैरेनी गाउँपालिका जिल्लामै दोस्रो भएको छ । आयोगले आर्थिक वर्ष २०७९।०८० मा गाउँपालिकाले गरेको कार्यसम्पादनको मूल्याङ्कन गर्दा ३५.६८ अंक ल्याएर जिल्लामा दोस्रो भएको हो ।जिल्लाको १० वटा स्थानीय तह मध्य आयोगको मूल्याङ्गनमा सबैभन्दा बढि ४१.७६ अंक ल्याएर भिमाद नगरपालिका जिल्ला प्रथम भएको छ ।

यस्तै आयोगको मूल्याङ्कनमा ३४.९९ अंकका साथ ब्यास नगरपालिका तेस्रो, ३४.०१ अंक ल्याएर रिसिङ गाउँपालिका चौथो, २९.६२ अंक ल्याएर भानु नगरपालिका पाँचौ, २९.२६ अंक ल्याएर शुक्लागण्डकी नगरपालिका छैटौं, २४.६८ अंक ल्याएर बन्दिपुर गाउँपालिका सातौ, २४.५२ अंक ल्याएर म्याग्दे गाउँपालिका आठौं, १८.७६ अंक ल्याएर घिरिङ गाउँपालिका नवौं र १६.३७ अंक ल्याएर देवघाट गाउँपालिका अन्तिम स्थानमा परेको छ ।