रिब्दीकोट कार्यसम्पादन मूल्यांकनमा पाल्पामै पहिलो


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन १० २०८०
2.6K
SHARES

१० फागुन काठमाडौं । पाल्पाको रिब्दीकोट गाउँपालिका कार्यसम्पादन मूल्यांकनमा जिल्लामा प्रथम भएको छ । आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्यांकनमा रिब्दीकोट ३८.०९ अंक प्राप्त गरी उत्कृष्ट भएको हो । त्यस्तै माथागढी गाउँपालिका ३६.५४ अंक सहित दोस्रो र रैनादेवि छहरा गाउँपालिका ३६.३८ अंकसहित तेस्रो भएका छन् ।

त्यस्तै, निस्दी गाउँपालिका ३२.४३ अंक सहित चौथो, रम्भा गाउँपालिका ३२.२३ अंक सहित पाचौं, तिनाउ गाउँपालिका ३०.५८ अंक सहित छैटौँ, तानसेन नगरपालिका ३०.१० अंक सहित सातौँ, बगनासकाली गाउँपालिका २९.४५ अंक सहित आठौँ, रामपुर नगरपालिका २६.६७ अंक सहित नवौँ र पूर्वखोला गाउँपालिका २१.१६ अंक सहित दसौँ भएका छन् ।

आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गरेको छ । जसमा असार १० भित्र बजेट पेश गरे/नगरेको, असार मसान्त भित्र बजेट पारित गरे/गरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे/नगरेको, बजेटको वार्षिक समीक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरे/नगरेको जस्ता सूचकहरूका आधार मुल्यांकन गरिएको छ ।