यस्तो हुनेछ भोली काठमाडौको मौसम


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन १० २०८०
4.2K
SHARES

१० फागुन काठमाडौं । काठमाडौंसहित देशका केही स्थानमा बिहीबार वर्षा भएको छ । हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ ।

अहिले वाग्मती र गण्डकी प्रदेशमा वर्षा भइरहेको महाशाखाका मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । कर्णाली प्रदेशका केही स्थानमा पनि वर्षा भएको उनले बताइन् ।

“सबै ठाउँमा हल्का वर्षा भएको छ, मध्यम वा ठूलो वर्षा भएको छैन,” तत्कालका निम्ति यो प्रणाली शुक्रबार (भोलि)सम्म रहने उनले बताइन् । प्रणाली भित्रने र बाहिरिने क्रम भइरहने उनको भनाइ छ ।

“सिस्टम आउने जाने क्रम भइरहन्छ । भोलिसम्म यो सिस्टम रहन्छ,” उनले भनिन्, “त्यसपछि पनि यस्तो नहुने भन्ने हुँदैन । पश्चिमी न्यूनचापीय प्रणाली आउने जाने भइरहन सक्छ ।”