कुकुरको नि:शुल्क बन्ध्याकरण गर्दै हुप्सेकोट गाउँपालिका


Capital Headline
प्रकाशित मिति : शुक्रबार, फाल्गुन २५ २०८०
2.7K
SHARES

२५ फागुन काठमाडौं । हुप्सेकोट गाउँपालिकाले निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले शिविरमार्फत घरपालुवा तथा सामुदायिक कुकुरहरुको निःशुल्क स्थायी बन्ध्याकरण गर्नुका साथै रेबिजविरुद्धको खोप लगाउने भएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कावासोती र गाएँपालिकाको सहकार्यमा शिविर सञ्चालन हुन लागेको हो । कार्यक्रम यहि फागुन २६ गते, शनिबार वडा नं ३ स्थित हुप्सेकोट प्राविधिक शिक्षालय परिसरमा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । सो शिविरमा आफ्नो टोल समाजका कुकुरको बन्ध्याकरण गर्न पालिकालाई सहजिकरण गरिदिन स्थानीयलाई गाउँपालिकाले अनुरोध गरेको छ ।