स्थापना दिवसको अवसरमा छत्रकोटमा सार्वजनिक विदा
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, फाल्गुन २५ २०८०
1.7K
SHARES
२५ फागुन काठमाडौं । छत्रकोट गाउँपालिकाले स्थापना दिवसको अवसरमा स्थानीय बिदा दिएको छ । गाउँपालिकाले बिहीबार एक सूचना जारी गर्दै स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिएको हो । बुधबार बसेको कार्यपालिका बैठकले २७ गते गाउँपालिकाको आठौँ स्थापना दिवसको अवसरमा बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
सो दिन स्वास्थ्य तथा आकस्मिक सेवाबाहेकका पालिका मातहतका सबै सरकारी, गैरसरकारी तथा बित्तीय संस्थालाई बिदा दिएको गाउँपालिकाले सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट