७ औं स्थापना दिवश गलकोट नगरपालिकाले मनायो


Capital Headline
प्रकाशित मिति : सोमबार, फाल्गुन २८ २०८०
1.9K
SHARES

२८ फागुन काठमाडौं । गलकोट नगरपालिका स्थापना भएको ७ बर्ष पुगेको छ । सातौं बर्ष स्थापनाको अबसरमा गलकोट नगरपालिकाले सात बर्षको बिकास समीक्षा, नगरपालिकाको आगामी कार्यक्रमबारे छलफल तथा नगर क्षेत्रको बिकासमा योगदान गर्ने नागरिकहरुलाई सम्मान समेत गरेको छ । नगरपालिकाका सामाजिक बिकास समितिका संयोजक हिमबहादुर भण्डारीका अनुसार उत्कृष्ठ करदाता केयरसिंह खत्री, उत्कृष्ठ किसान लालबहादुर भण्डारी र दानबहादुर श्रीष सम्मानित भएका हुन् ।

त्यस्तै, उत्कृष्ठ मुर्तीकार ओम खत्री, राष्ट्रिय खेलाडी सन्तोष बिक, राष्ट्रिय कलाकार इश्वर सिंह, नविन राना, लक्ष्मी मल्ल र रेशम निर्दोष, उत्कृष्ठ कर्मचारीतर्फ नगर अस्पतालका प्रमुख डा. राजेश पौडेल, बाबुराम शर्मा र शर्मिला थापा पनि सम्मानित भएका हुन् ।

घुम्टे पत्रकारिता पुरस्कारबाट बिरबहादुर चोखाल, उत्कृष्ठ पत्रकार डम्बर बुढामगर, उत्कृष्ठ प्रअ तेजेन्द्र बुढाथोकी, महिला स्वयंसेविकातर्फ साबित्रा पुन, शिक्षासेवीतर्फ डा. टिकाराम गौतम, सामाजिक संस्थातर्फ गलकोट समाज जापान, संस्कृति संरक्षण मञ्च, लघुउद्यमी धनमाया बिक र समाजसेवी बिष्णु काउचा, पेशागततर्फ शिक्षकहरु नवराज गौतम, हेमबहादुर खत्री, रामबहादुर खत्री, बाल संजालका अध्यक्ष सुरक्षा गौतमलाई पनि सम्मान गरिएको हो ।नगर प्रमुख भरत शर्मा गैरे र उपप्रमुख फमलाल निउरेले उनीहरुलाई सम्मान गरेका थिए ।