बैठकमै कुटिए प्रशासकीय अधिकृत
Capital Headline
प्रकाशित मिति :
बिहिबार, चैत्र १ २०८०
2.8K
SHARES
१ चैत काठमाडौं । डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कार्यपालिका बैठकमै कुटपिट भएको छ । कार्यपालिका सदस्यहरूले उनलाई कुटपिट गरेका हुन् ।
कुटपिटबाट जोशी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । उनको अहिले जोगबुढा अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा तीनवटा टाँका लगाइएको छ ।
कार्यपालिकामा नेकपा माओवादी केन्द्रका बहुमत सदस्य रहेका छन् । बैठकमा एजेन्डामाथि विवाद भएपछि जाेशीमाथि आक्रमण भएकाे हाे ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट