सुन तस्करी प्रकरणमा व्यवसायी भण्डारीलाई मुद्दा चलाउन सिफारिस
२ चैत काठमाडौं । सुन तस्करी प्रकरणमा व्यवसायी भीमकान्त भण्डारीलाई मुद्दा चलाउन उच्चस्तरीय आयोगले सिफारिस गरेको छ ।पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित आयोगले बुझाएको प्रतिवदेनमा ७ जनालाई मुद्दा चलाउन सिफारिस गरिएको छ । तीमध्ये भण्डारी पनि एक हुन् । उनीसँग आयोगले २५ माघमा सिंहदरबारमा पनि बयान लिएको थियो । सीआईबीले अनुसन्धानका क्रममा उनलाई जोगाएको आयोगको बुझाइ रहेको गृह मन्त्रालय स्रोतले बतायो ।
६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पटक–पटक कुराकानी भएको देखिएपछि भण्डारी छानबिनको दायरामा परेका थिए ।उनले दावासँग ठूलो रकम लेनदेन र चिनियाँ तस्करीहरुबारे कुराकानी गरेको फेला परेको थियो । तर, ब्यूरोले गम्भीरतापूर्वक अनुसन्धान नगरेको आयोगको निष्कर्ष छ ।