बागलुङमा बस दुर्घटना : ७ जनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र ५ २०८०
1.9K
SHARES

५ चैत पोखरा । बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।पश्चिम रुकुमबाट काठमाडौं हिँडेको बागमती प्रदेश ०१-००६ ख ३८७९ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

सडकदेखि १५० मिटर तल खस्न गई बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए । घटनास्थलमा हालसम्म २५ घाइतेको उद्धार गरिएको विकले बताए ।