यी ८ राजदूतलाई फिर्ता बोलाउने तयारी
२१ जेठ काठमाडौ । सरकारले अमेरिकादेखि भारतसम्मका ८ राजदूत तत्काल फिर्ता बोलाउने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेससँगको कोटामा नियुक्त भएका राजदूतलाई फिर्ता बोलाउने तयारी भएको छ । सोमबार बस्ने मन्त्रिपरिषद् बैठकबाट ८ राजदूतलाई फिर्ता बोलाउने तयारी भएको जनाइएको छ । स्रोतका अनुसार राजदूत फिर्ता बोलाउने सम्बन्धी प्रस्ताव परराष्ट्र मन्त्रालयले तयार गरेको छ ।
सरकारले भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा, बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, अमेरिकाका लागि नेपाली राजदूत प्रा. श्रीधर खत्री, इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाल, दक्षिण कोरियाका लागि नेपाली राजदूत प्रा.डा. ज्योति प्याकुर्याल (भण्डारी), कतारका लागि नेपाली राजदूत नरेश विक्रम ढकाल, मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेल र पोर्चुगलका लागि नेपाली राजदूत शनिल नेपाललाई फिर्ता बोलाउने स्रोतले जनाएको छ ।
परराष्ट्रका सहसचिव भएपनि राजनीतिक कोटामा जापानका लागि नेपाली राजदुत नियुक्त भएका आरजु देउवा निकटका दुर्गाबहादुर सुवेदीलाई पनि फिर्ता बोलाउने तयारी छ ।