एनआईसी एशिया बैंकले पायो इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स-२०२४


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ २१ २०८१
1.2K
SHARES

२१ जेठ काठमाडौं । एनआईसी एशिया बैंकले मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल प्रोडक्ट ल्याएको भन्दै प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’ प्राप्त गरेको छ । अन्तरराष्ट्रिय स्तरको सेवा प्रदायक इन्फोसिस फिनाकलले हरेक वर्ष आयोजना गर्ने ‘इनोभेसन अवार्ड्स’ अन्तर्गत सन् २०२४ का लागि इनोभेसन अवार्ड अन्तर्गत ‘च्यानल इनोभेसन प्लाटिनम’ अवार्डबाट कम्पनी सम्मानित भएको हो ।नेपालको डिजिटल बैंकिङ्ग सेवामा इनोभेटिभ र उत्कृष्ट प्रोडक्ट आईसर्भ ल्याएर अन्तरराष्ट्रिय स्तरको अनलाइन बैंकिङ्ग सेवा प्रदान गरे वापत उक्त कम्पनीले १० विधामा २०० आवेदनहरुका बीच प्रतिस्पर्धा गर्दै इनोभेसन विधामा उक्त अवार्ड प्राप्त गरेको हो ।

आईसर्भ उक्त कम्पनीले ल्याएको नेपालको उत्कृष्ट डिजिटल प्लेटफर्म हो, जसले भौतिक रुपमा बैंकको शाखा कार्यालय नपुगी घर वा कार्यालयबाट डिजिटल बैंकिङ्ग सेवा उपभोग गर्ने सुविधा उपलब्ध गराएको छ ।जहाँबाट ग्राहक सेवा, भुक्तानी, कार्ड सेवा, डकुमेन्ट भेरिफिकेसन, मोबाइल बैंकिङ्ग सेवा, टेलर सेवा, अनलाइन सेवाहरु, मर्चेन्ट सेवाहरु तथा ट्रेड सेवाहरु जस्ता मुख्य डोमेनबाट अधिकांश डिजिटल बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको कम्पनीले बताएको छ ।

कम्पनीले प्राप्त गरेको यस प्रकारको सम्मानले यी सेवाहरुलाई अझ बढी परिस्कृत गर्दै बढीभन्दा बढी ग्राहक महानुभावहरु माझ पुर्‍याउन टेवा पुग्ने विश्वास लिएको पनि बताएको छ ।