जसपा नेपालको अध्यक्षमा उपेन्द्र निर्विरोध


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ ३० २०८१
4.1K
SHARES

३० जेठ जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् ।महाधिवेशनअन्तर्गत आज भएको उम्मेदवारी दर्तामा अध्यक्ष पदमा यादवको मात्र उम्मेदवारी परेको थियो ।जसपा नेता मनिष सुमनले भने, ‘अध्यक्ष पदमा उपेन्द्र यादव जीको एकल उम्मेदवारी परेको छ । निर्विरोध भइसकेपनि औपचारिक घोषणा हुन बाँकी छ ।’

यादवको नेतृत्वमा १८ वर्षअगाडि मधेशी जनअधिकार फोरम नेपाल गठन भएको थियो । पटक पटक पार्टीको नाम परिवर्तन भएपनि अध्यक्षमा यादव नै रहे । अहिले महाधिवेशनबाट पनि उनी नै निर्वाचित भए । अध्यक्षबाहेकका पदमा प्रतिस्पर्धा हुने देखिएको छ । अहिले अन्य उम्मेदवारको नामावली सार्वजनिक भइसकेको छैन ।