अध्यक्षमा भुसाललाई सघाउन सम्मानित नेता खनाल तयार


Capital Headline
प्रकाशित मिति : बुधबार, असार १३ २०८१
5.9K
SHARES

१२ असार काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा सम्मानित नेता झलनाथ खनालले महासचिव घनश्याम भुसाललाई सहयोग गर्ने भएका छन् । खनाल निवास डल्लुमा भएको दुई नेताहबीचको भेटमा मिलेर अघि बढ्ने सहमति भएको हो ।

भेटमा महाधिवेशनको तयारीबारे नेता खनालसँग छलफल भएको महासचिव भुसालले बताए । उनले भने, ‘हामीबीच नीति कार्यक्रम सबै मिलेपछि झलनाथजीसँग मिलेर अघि बढ्ने समझदारी भएको छ ।’

सम्मानित नेता खनालको समर्थनमा महासचिव भुसाल अध्यक्षमा माधव नेपालसँग प्रतिस्पर्धा गर्न तयार देखिएका छन् ।