मन्त्रीहरूलाई उपत्यका नछाड्न अध्यक्ष ओलीको निर्देशन


Capital Headline
प्रकाशित मिति : सोमबार, असार १८ २०८१
6.5K
SHARES

१७ असार काठमाडौं । नेपाली कांग्रेससँग नयाँ सत्ता समीकरणको कसरत चलिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठक बोलाएका छन्। बैठक साँझ ६ बजे अध्यक्ष ओलीले बालकोट बोलाएको उच्च स्रोतले जानकारी दियो। उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात रघुवीर महासेठसहित ८ जना मन्त्री छन्। साथै, उनले तत्काल उपत्यका नछाड्न मन्त्रीहरुलाई निर्देशन समेत दिएको स्रोतले जानकारी दियो।

ओलीको उक्त निर्देशनसँगै केही मन्त्रीले भोलि (मंगलबार) का लागि तय भएको राजधानी बाहिरका कार्यक्रम पनि रोकेको जानकारी सचिवालयलाई गराइसकेका छन्।  शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र ओलीबीच बालकोटमा लामो भेटवार्ता भएको थियो।  अध्यक्ष ओलीले आज बिहान ३ घण्टा बढी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेटवार्ता गरेका थिए।  प्रधानमन्त्री प्रचण्ड भने नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई पनि सरकारमा सामेल गर्न मन्त्री हेरफेरको प्रयासमा छन्।