राजीनामा दिदै गृहमन्त्री लामिछाने


Capital Headline
प्रकाशित मिति : बुधबार, असार २० २०८१
7.2K
SHARES

१९ असार काठमाडौ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिने मनस्थिति बनाएका छन्। एमाले र नेपाली कांग्रेसको नयाँ सत्ता गठबन्धन बनेपछि अल्पमतका परेका प्रचण्ड नेतृत्वको सरकारमा बस्नुको औचित्य नभएको भन्दै गृहमन्त्रीबाट लामिछानेले राजीनामा दिने तयारी गरेका छन्।

लामिछानेका निकटवर्तीहरुलेसमेत राजीनामा दिन सुझाव दिएका छन्। राजीनामा दिएर केपी ओली नेतृत्वको सरकारमा जान समेत लबिङ गर्ने तयारीमा लामिछाने रहेका उच्चस्रोतले जनाएको छ।

रास्वपा सभापतिसमेत रहेका लामिछानेले आजको बैठकपछि निर्णय गरेर आजै प्रधानमन्त्रीसमक्ष राजीनामा दिने मनस्थितिमा पुगेको उनी निकट स्रोतको भनाई छ।

एक नेताले भने,‘दुई प्रमुख दलबीच नयाँ समझदारी भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ। यो अवस्थामा राजीनामा दिनु उपयुक्त होला भनेर सल्लाहमा जुट्नुभएको छ। आज पार्टीको बैठकपछि सम्भवत राजीनामा दिनुहोला।’

संसदका प्रमुख दुई दलका शीर्ष नेता एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले ओली नेतृत्वमा नयाँ सरकार बनाउने गरी सहमति पत्रमा हस्ताक्षर भएसँगै प्रचण्ड सरकार संकटमा परेको हो। हाल २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा कांग्रेसको ८८ सिट छ भने भने एमालेको ७९ सिट छ।