हाम्रा मन्त्रीले साँझसम्म राजीनामा दिन्छन् – प्रमुख सचेतक बर्ताैला


Capital Headline
प्रकाशित मिति : बुधबार, असार २० २०८१
3.7K
SHARES

१९ असार काठमाडौ ।  नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । आज साँझसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त नगरे एमालेले सरकारलाई दिएकाे समर्थन फिर्ता लिने प्रमुख सचेतक महेश बर्ताैलाले जानकारी दिए ।  उनले भने, ‘हामीले राजीनामा दिएर मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आह्वान गरेका छाैँ । साँझसम्म त्यसाे हुन सकेन भने हाम्रा मन्त्रीहरूले राजीनामा दिनुहुन्छ । सरकारलाई दिएकाे समर्थन फिर्ता हुन्छ ।’

मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले पदबाट राजीनामा गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको थियो । बुधबार बिहान बसेकाे कांग्रेस कार्यसम्पादन समितिकाे बैठकले पनि प्रधानमन्त्रीलाई राजीनामा दिन आह्वान गरेकाे थियाे ।

तर, प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने अडान लिएपछि एमालेले समर्थन फिर्ता लिएर सरकार ढाल्ने तयारी गरेकाे हाे । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासकाे मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।