महामन्त्री ढकाललाई निलम्बन गर्ने रास्वपाको निर्णय


Capital Headline
प्रकाशित मिति : बुधबार, असार २० २०८१
3.6K
SHARES

१९ असार काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने निर्णय गरेको छ। पार्टी अनुशासन आयोगको सिफारिसमा बुधबार केन्द्रीय समितिको बैठकले ढकाललाई निलम्बन गरेको एक पदाधिकारीले जानकारी दिए।

पार्टी अनुशासन विपरीतका गतिविधि गरेको र पार्टीका विरुद्धमा लागेको भन्दै ढकाललाई निलम्बन गर्ने निर्णय भएको ती पदाधिकारीले बताए। आजै अनुशासन आयोगको बैठकले ढकाललाई कारबाहीको लागि सिफारिस गरेको थियो।