नयाँ दल खोल्ने हर्क साम्पाङको घोषणा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार २२ २०८१
8.3K
SHARES

२१ असार काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै साम्पाङले २०८१ भित्र दल खोल्ने घोषणा गरेका हुन् ।

उनले भनेका छन्, ‘२०८१ सालभित्र नयाँ राजनीतिक शक्तिको घोषणा गर्नेछौँ । मन परे साथ दिएर जोडिनुहोला ।’ साम्पाङ सामाजिक सञ्जालमा निकै सक्रिय छन् । उनले आफ्ना हरेक प्रतिक्रिया सञ्जालबाट नै दिने गरेका छन् ।