नेकपा एमाले प्रतिपक्षमा बस्ने


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार २२ २०८१
12.5K
SHARES

२१ असार काठमाडौँ । नेकपा एमालेले संघीय संसद् सचिवालयलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको छ । शुक्रबार एमाले प्रमुख सचेतक महेश कुमार बर्तौलाले सरकारलाई दिएको समर्थन गत असार १९ गते फिर्ता गरिएको संसद सचिवालयलाई जानकारी गराउँदै एमाले अब संसद्ंमा प्रतिपक्षमा बस्ने जानकारी दिएका छन् ।

सचिवालयलाई दिएको पत्रमा बर्तौलाले भनेका छन्– ‘सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा गठित वर्तमान सरकारलाई नेकपा एमालेको तर्फबाट मत दिई सरकारमा सहभागी भएकोमा राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनैतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको परिप्रेक्ष्यमा सरकारलाई दिँदै आएको समर्थन मिति २०८१ असार १९ गते फिर्ता गरिएको छ ।  असार २३ गते बोलाइएको प्रतिनिधिसभा बैठकमा एमाले प्रतिपक्षी दलको बेन्चमा बस्ने भएको हो ।