रास्वपा संसदीय दलको बैठक अनिश्चितकालका लागि स्थगित


Capital Headline
प्रकाशित मिति : शनिबार, असार २३ २०८१
4.6K
SHARES

२२ असार काठमाडौ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल बैठक स्थगित भएको छ । आइतबार बिहान बस्ने भनिएको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी भएको रास्वपाले प्रचण्ड सरकारलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय लिन बैठक बोलाएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ असारमा विश्वासको मत लिने तयारी गरेका छन् ।

नेकपा एमाले र जसपासमेत प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रचण्डले विश्वासको मत पाउने सम्भावना छैन ।

एमालेले कांग्रेससँग मिलेर आफ्नै नेतृत्वको सरकार बनाउने सहमति गरेको छ । कांग्रेस र एमालेको नयाँ गठबन्धनले राष्ट्रिय सहमतिको सरकार बनाउने बताउँदै आएको छ ।