प्रधानमन्त्रीले आजै राजीनामा दिनुपर्छ – एमाले


Capital Headline
प्रकाशित मिति : आइतबार, असार २४ २०८१
2.5K
SHARES

२३ असार काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अविलम्ब चाँडो राजीनामा दिनुपर्ने माग राखेको छ। आइतबार बसेको पार्टी संसदीय दलको बैठकले अहिलेको सरकार अल्पमतमा परेको र कुनै निर्णय गर्ने अधिकार नभएको भन्दै तत्काल राजीनामा दिनुपर्ने आफूहरूको माग राखेको हो।  बैठकपछि प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘हाम्रो पहिलो माग प्रधानमन्त्रीज्यूलाई अहिले नै, आजै राजीनामा दिनुपर्छ। अविलम्ब राजीनामा दिनुपर्ने हाम्रो माग हो। यदी उहाँले राजीनामा दिनुभएन भने असार २८ गते विपक्षमा मतदान गर्ने निर्णय गरेका छौँ।’

त्यस्तै, अहिले प्राकृतिक विपत्तिमा देश रहेको भन्दै अल्पमतमा परेको प्रधानमन्त्री एक मिनेट पनि बस्न नहुने उनले बताए।‘आज एक मिनेट पनि देशका लागि महत्त्वपूर्ण हो। देशलाई के का लागि ७ दिन कुराइरहनुभएको छ? जसरी उहाँले अल्झाउन खोज्नुभएको छ, यो अनुचित हो,’ बर्तौलाले भने।साथै, आजको बैठक नेकपा एमाले र नेपाली कांग्रेसबीच बन्न लागेको राष्ट्रिय सरकारलाई स्वागत गर्ने निर्णय पनि गरेको छ।