प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी बेन्चमा बस्यो एमाले


Capital Headline
प्रकाशित मिति : आइतबार, असार २४ २०८१
2.1K
SHARES

२३ असार काठमाडौं । नेकपा एमाले आइतबारको प्रतिनिधि सभा बैठकमा प्रतिपक्षको सिटमा बसेको छ। प्रतिनिधि सभा बैठकअघि बसेको संसदीय दलको बैठक अनुसार एमालेका सांसदहरू प्रतिपक्षी सिटमा बसेका हुन्।  नेपाली कांग्रेससँग भएको नयाँ सत्ता सहकार्यको समझदारीपछि बसेको प्रतिनिधि सभा बैठकमा एमालेले प्रतिपक्षी सिट रोेजेको हो।

गत असार १७ गते बसेको प्रतिनिधि सभा बैठकमा एमाले सत्तापक्षको सिटमा बसेको थियो।  गत असार १७ गते मध्यराति नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ सत्ता सहयात्राको समझदारी बनेको थियो।

एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइसकेको छ भने एमालेबाट सरकारमा सहभागी ८ जना मन्त्रीहरूले पनि राजीनामा दिइसकेका छन्।