कांग्रेससँग हैसियत बराबरी हुन्छ – एमालेले


Capital Headline
प्रकाशित मिति : बुधबार, असार २७ २०८१
3.6K
SHARES

२६ असार काठमाडौं । नेकपा एमालेले नेपालको संविधानको धारा ७६ (२) अनुसार कै नयाँ सरकार गठन हुने दाबी गरेको छ। सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन गर्नको लागि कुनै कानूनी जटिलता नभएको बताए।

हालै पनि कोशीको नजिरले अब प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि ७६(२) अनुसारकै सरकार बन्ने सर्वोच्चले पनि व्याख्या गरेको बताए। उनले सहमति अनुसार कांग्रेस र एमाले बराबरीको हैसियतमा सरकार सञ्चालन गर्ने बताए। उनले भने, ‘यो राष्ट्रिय सहमतिको अभियानमा जोडिन चाहने अरू दलहरूलाई पनि हैसियत अनुसार स्थान दिन्छौँ।’