यस्तो निर्णय गर्दै मन्त्रिपरिषद् बैठक सम्पन्न
२७ असार काठमाडौं । सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग कार्यावधि ०८२ असार मसान्तसम्म थप गरिने भएको छ ।
सरकारले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र लागु गर्ने निर्णय तत्कालका लागि स्थगन गरेको छ । मन्त्रिपरिषद् बैठकले निर्णय गर्दै सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र तत्काल अनिवार्य नगर्ने गरी गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यावधि थप गर्न बाधा अड्काउ फुकाउ आदेश जारी गरी सोको सूचना राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।