धनजनको ठूलो क्षति हुँदा पनि प्रतिपक्ष सत्ता फेर्ने खेलमा लाग्यो – प्रधानमन्त्री


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार २९ २०८१
1.9K
SHARES

२८ असार काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाढीपहिरोले ठूलो धनजनको क्षति भइरहेको बेलामा प्रतिपक्ष दल सरकार परिवर्तनको खेलमा लागेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्दै उनले प्रतिवक्षले राजीनामा मागेपनि आफूले विपद् न्यूनीकरणको लागि पहल गरिरहेको बताए ।

उनले भने, ‘हामीले विपद्को पूर्वतयारीको हुनसक्ने पलह गरिएको थियो । यत्रो बाढीपहिरोले धनजनको ठूलो क्षति भइरहेको बेलामा हामी सरकार परिवर्तन प्रक्रियाभित्र प्रवेश गर्‍यौं । प्रतिपक्षका साथीहरूले साथीहरूले राजीनामाको कुरा उठाइराख्नुभयो । यस्तो बेलामा पनि सेना, प्रहरी, गृहप्रशासन सबैलाई राखेर क्षतिको रोकथाम गर्नेबारे पहल गरेको छु ।’