प्रतिपक्षमा जानुपर्दा अनौठो लागेको छैन – प्रधानमन्त्री प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार २९ २०८१
2.1K
SHARES

२८ असार काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रतिपक्षमा पुग्दै गर्दा आफूलाई कुनै अनौठो नलागेको बताएका छन्। प्रतिनिधि सभाबाट शुक्रबार पाँचौँपटक विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

‘मैले त यसपटक नयाँ समीकरण बन्दै गर्दा तपाईंहरूको अभिव्यक्ति सुनेपछि मिल्नुस्, म प्रतिपक्षमा जानेछु भनेको थिएँ। आज त्यही दिन आयो, मैले अनौठो त मानेको छैन,’ उनले भने।

साथै, उनले देशका दुई दल मिल्नका लागि अँध्यारो र बन्द कोठा चाहिन्छ? भन्दै प्रश्न गरे। ‘पहिलो र दोस्रो दल मिल्न अँध्यारो र बन्द कोठा चाहिन्छ? झुटमुट र कुतर्क। मैले त्यो सबै भनेँ भनेँ तपाईंहरूलाई पनि लाज लाग्न सक्छ,’ उनले भने।