राष्ट्रपतिलाई भेटेर सिधै खुमलटार लागे प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार २९ २०८१
12.7K
SHARES

२८ असार काठमाडौं । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेका छन् । संसद भवनमा विश्वासको मत प्राप्त गर्न नसकेपछि उनी शीतल निवास गएका थिए ।राष्ट्रपतिलाई भेटेर केही बेरअघि उनी निस्किएको स्रोतले बतायो । उनी त्यहाँबाट बालुवाटार नगइ सिधै खुमलटार लागेका छन् । उनी सरकारी गाडीमा झण्डा हल्लाएरै निस्किएका थिए ।

प्रचण्डले सरकारी निवास बालुवाटार आजै छोडेका हुन् । खुमलटारमा प्रचण्डको निजी निवास छ । केही दिन अगाडिबाटै बालुवाटारबाट सामान ओसार्न थालिएको थियो प्रचण्ड आज संसद भवनबाट पेरिसडाँडा गएर जनताका नाममा सम्वोधन गर्ने कार्यक्रम थियो । उक्त कार्यक्रम भने रद्द गरिएको छ ।