कांग्रेसबाट मन्त्री बन्नेको नाम टुंगियो(सूचिसहित)


Capital Headline
प्रकाशित मिति : शनिबार, असार ३० २०८१
20.4K
SHARES

२९ असार काठमाडौ । नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालय बांडफांडमा सहमति भएको छ । दुई ठूला दलका शिर्ष नेताहरुबीच मन्त्रालयको भागबण्डामा मोटामोटी सहमति भएको नेताहरुले बताएका छन् । एमाले अध्यक्ष ओलीलाई आइतबार राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गर्ने वित्तिकै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ ।

दुई दलका नेताहरुबीच कांग्रेसले गृहसहित ९ र एमालेले अर्थसहित ८ मन्त्रालय लिने सहमति भएको छ । अरु मन्त्रालय साना दलहरुलाई दिने गरी छलफल चलिरहेको स्रोतले बतायो ।कांग्रेसबाट भने मन्त्रालय र मन्त्रीहरुको नाम टुंगो लागेको छ । कांग्रेसबाट उपप्रधानमन्त्रीसहित भौतिकमा प्रकाशमान सिंह,परराष्ट्रमा आरजु राणा, गृहमा रमेश लेखक,स्वास्थ्यमा तेजुलाल चौधरी, कानुनमा अजय चौरसिया,पर्यटनमा अर्जुननरसिंह केसीको मन्त्रालय टुंगो लागेको छ । मन्त्रीमा रामनाथ अधिकारी हृदय थानीको निश्चित भएपनि मन्त्रालय टुंगिएको छैन । लोसपाबाट सर्वेन्द्रनाथ शुक्ल मन्त्री बन्दैछन् ।