भारतीय प्रधानमन्त्री मोदीले दिए ओलीलाई बधाई


Capital Headline
प्रकाशित मिति : सोमबार, असार ३२ २०८१
5.1K
SHARES

३१ असार काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएका छन् । मोदीले सोमबार सामाजिक सञ्जाल एक्समार्फत ओलीलाई नेपालको नयाँ प्रधानमन्त्री बनेकोमा बधाई दिएका हुन् । “केपी शर्मा ओली नेपालको प्रधानमन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाई,” मोदीले लेखेका छन् ।सामाजिक सञ्जाल एक्समा मोदीले आगामी दिनमा पारस्परिक सहयोगलाई विस्तार गर्न अझ नजिक रहेका काम गर्न तत्पर रहेको बताएका छन् ।

“दुई देशबीचको गहिरो र प्रगाढ सम्बन्धलाई थप मजबुत बनाउन र जनताको प्रगति तथा समृद्धिको लागि पारस्परिक लाभकारी सहयोगलाई अझ विस्तार गर्न नजिक रहेर काम गर्न तत्पर छौँ,” मोदीले भनेका छन् ।