प्रधानमन्त्री ओलीले गरे पदभार ग्रहण
Capital Headline
प्रकाशित मिति :
सोमबार, असार ३२ २०८१
2.6K
SHARES
३१ असार काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् । सोमबार पद तथा गोपनीयताको शपथग्रहणसँगै सिंहदरबार पुगेर उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पदभार ग्रहण गरेका हुन् ।
उनले त्यसअघि लैनचौरस्थित सहिद स्मारक पुगेर सहिदहरूको सालिकमा माल्यार्पण गरेका थिए । उनी नेकपा (एमाले)को केन्द्रीय कार्यालय च्यासल पनि पुगेका थिए । प्रधानमन्त्रीसहित सबै नवनियुक्त मन्त्रीहरूले सोमबार नै राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथग्रहण गरेका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट