प्रधानमन्त्री ओली बालुवाटार सरे


Capital Headline
प्रकाशित मिति : सोमबार, असार ३२ २०८१
5.1K
SHARES

३१ असार काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निजी निवास बालकाेटबाट सरकारी निवास बालुवाटार सरेका छन् ।

आज शपथ लिएर पदभार ग्रहण गरेसँगै ओली सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरेको ओलीकाे सचिवालयका सदस्य रामशरण बजगाईंले जानकारी दिए ।

आइतबार प्रधानमन्त्री नियुक्त भएका ओली आज बिहान राष्ट्रपतिबाट शपथ लिएका थिए ।