खुमलटारबाट सरकारलाई प्रचण्डको चेतावनी


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन २ २०८१
6.7K
SHARES

२ साउन काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका ठूला दल कांग्रेस र एमाले सुशासनको डरले मिलेको आरोप लगाएका छन् ।

आज आफ्नाे निवास खुमलटारमा अखिल (क्रान्तिकारी)हरू सॅंगको भेटघाटमा उनले आफ्नो नेतृत्वको सरकारले सुशासन र न्यायको पक्षमा काम गर्दैगर्दा ठूला दलहरू अप्राकृतिक ढंगले मिलेको बताए ।

उनले संगठन विस्तार गर्ने र युवाहरूसँग जोडिने आधार तयार भएकाले त्ससमा अघि बढ्नुपर्ने बताए । सरकारले गरेका राम्रा कामको अलग्गै बुकलेट तयार पार्ने र त्यसलाई युवाहरूमा पुर्‍याउनुपर्ने उनले बताए ।

‘जनताका बैरीहरू मिलेर जनताको अधिकार खोस्दैछन् खबरदार,’ उनले भने । राजनीतिमा पश्चगमनको षड्यन्त्र सुरु भएको प्रचण्डले बताए ।