यो सरकार दसैँ–तिहारसम्म मात्रै हो – अध्यक्ष लिङ्देन


Capital Headline
प्रकाशित मिति : शनिबार, साउन ५ २०८१
7.7K
SHARES

५ साउन काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस र नेकपा एमालेबिचको सहकार्य प्रारम्भिक रूपमा सकारात्मक रहेको टिप्पणी गरेका छन् । पछिल्ला घटनाक्रमहरूलाई आफूले होसियारीपूर्वक हेरिरहेको उल्लेख गर्दै अध्यक्ष लिङ्देनले दुई ठुला राजनीतिक दलहरू मिलेर सरकार बनाउने कुरा अस्वाभाविक भएको बताएका हुन् ।

अध्यक्ष लिङ्देनले लेनदेन र भागबन्डाको हिसाबले मात्रै सरकार बनेको दसैँ-तिहारसम्म मात्रै अघि बढ्ने बताए । गणितका हिसाबले कुनै समस्या नरहेको भए पनि सरकार कुन जगमा निर्माण भएको छ भन्ने कुराले सत्ता सहकार्य अघि बढ्ने उनको विश्लेषण थियो ।

उनले सरकार अबै कुनै अस्थिरतामा नरहेको अहिलेको गणितबाट पुष्टि हुने बताए । उनले अहिलेसम्म कुनै न्यूनतम साझा कार्यक्रम नआउनु, सम्झौताहरू नबाहिरिनुले शङ्का पैदा गर्ने बताए ।