उपसभामुख प्रकरण: ९ लाख लेनदेन भएको हो – मुकुल ढकाल


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन ८ २०८१
7.4K
SHARES

८ साउन काठमाडौं । उपसभामुख इन्दिरा राना मुछिएको विवादमा रास्वपाका तत्कालीन महामन्त्री डा. मुकुल ढकालले मुख खोलेका छन् । दुतावासलाई लेखिएको पत्र तीन महिना अगाडि नै आफूलाई प्राप्त भएको र आफूले छानबिन समेत गरेको उनको भनाइ छ ।

सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै ढकालले उपसभामुखको सचिवालयले आर्थिक लेनलेन गरेको आरोपसमेत लगाएका छन्

ढकालका अनुसार गत वैशाख ४ गते पार्टीका संगठन विभाग प्रमुख शंकर श्रेष्ठले उनलाई सो पत्र फरवार्ड गरेका थिए । पत्र पाएपछि आफूले पार्टीका जिम्मेवार नेताहरूलाई जानकारी गराएको र उपसभामुखसित सोधपुछसमेत गरेको ढकालले बताएका छन् ।रानाले यस विषयमा आफूलाई थाहा नभएको जवाफ दिएको ढकालको दावी छ ।

ढकालले यस घटनामा आर्थिक लेनदेन भएको बताएका छन् । उपसधामुखको सचिवालयले ९ लाख लिएर पछि फिर्ता गरेको उनको दावी छ ।

उनी लेख्छन्, ‘उपसभामुखलाई सोधखोजपछि पनि म पीडितको सम्पर्कमा आफैँ पुग्न चाहेँ, तर सम्पर्कमा आएको पीडितले ती पालिका सभापतिलाई‘तपाईंले कुरा कता कता पुर्याउनु भयो, मेरो पैसा फिर्ता आयो’ बताइन् । ९ लाख रूपैयाँ उपसभामुख सचिवालयले लिएको रहेछ र त्यसलाई फिर्ता गरेपछि पीडितले बयान दिन र थप सम्पर्कमा आउन इन्कार गरिन् । पिडितका अनुसार ९ लाख फिर्ता भएको बैङ्क स्टेटमेन्ट अझै पनि पीडितसँग सुरक्षित छ ।’

यो विषय आफूले अहिलेसम्म गुपचुप राख्नुको कारण भने ढकालले खोलेका छैनन् ।