अब सरकार होइन, जनतामा जान्छौ – अध्यक्ष प्रचण्ड
९ साउन काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु सरकारबाट बेदाग निस्किएको उल्लेख गर्दै अबको समय भनेको पार्टी स्थापितमै केन्द्रित हुनु रहेको बताएका छन् ।नरबहादुर कर्माचार्यको स्मृति दिवसको अवसरलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले भने, “हामी सरकारबाट बेदाग निस्किएका छौँ । न ओम्नी न त गिरिबन्धु । कतैबाट पनि दाग लागेको छैन ।”नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बनेको गठबन्धनले संविधान मिच्ने र परिवर्तन उल्ट्याउने प्रयास गर्ने आशंका व्यक्त गरे ।
उपलब्धि उल्ट्याउने तयारी यो गठबन्धनले गरेको छ,” उनले भने, “अमूर्तरुपले त्यही भनेको पनि छ । विगतको घटनाक्रम पनि संविधान मिच्ने र परिवर्तन उल्ट्याउने नै छ । संघीयताबाट पछि हट्ने खतरा छ । जसको नेतृत्वमा गठबन्धन बनेको छ । संसद् विघटन गरेको इतिहास छ । उपलब्धिमाथि प्रहार गर्ने खतरा छ । त्यसैले हामी सचेत रहनैपर्छ ।”
उनले अब सरकार होइन, जनतामा जाने बताउँदै भने, “प्रतिगामी कदम चालिन्छन् भन्ने देखेका छौँ । सडक र संसद्बाट पनि हामीले प्रतिवाद गर्नेछौँ ।”